बिर्तामोड, मंसिर ३० । बिर्तामोडमा एकजना बेवारिसे बालिका फेला परेकी छन् ।

आज दिउँसो ४ बजे बिर्तामोडको अधुवा पुलमा बेवारिसे अबस्थामा अन्दाजी ४ वर्षकी बालिका फेला परेकी हुन् ।

बुबाको नाम राजेश मोते, आफ्नो नाम दिपिशा मोते बताउने बालिका फेला परी उनलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको छ । ती बालिकालाई चिन्ने आफन्तलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा सम्पर्क राख्न प्रहरीले सार्वजनिक सूचना जारी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्