झापा,पुष ३ । मेचीनगर वडा नं. १५ ज्यामिरगढीमा हात्तीले एक घरमा क्षति पुर्याएको छ । पूर्वबाट एक्लै आएको हात्तीले रोशन न्यौपानेको घरको पक्की पर्खाल भत्काएको हो । पर्खाल भत्काएर कोठाभित्र बोरामा रहेको पशु आहार हात्तीले खाएको थियोे । ‘विहानको ५ बजिसकेको थियोे,’ रोशन न्यौपानेले घटना सुनाउँदै भने हात्ती मूलगेटबाट सरासर आँगनमा आयो । बिजुलीको तार चुट्यायो र पर्खाल भत्कायो । कोठाभित्र टाउको छिरायो र चोकरको बोरा बोकेर बाँसघारीतिर गयो ।’ त्यहाँबाट उक्त हात्ती फुलमासी गाउँ हुँदै निचाझोडा जंगलतिर गएको प्रत्यक्षदर्शीहरुले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्