झापा,पुष ३ । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये १२ हजार चारसय १५ जनाले दीक्षान्त समारोहमा सहभागिता जनाएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थी दीक्षित भएका हुन् । त्रिविको ६१ औँ ग्रेसलिष्टमा परेका ७४ हजार सातसय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चारसय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एकसय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् । विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राडा. शिवलाल भुसालले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए । गत वर्ष १० हजार तीनसय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्