झापा, पुष २ । बिर्तामोडस्थित नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पशुपति बराल निर्वाचित भएका छन् ।

सोमवार भएको संस्थाको सातौ वार्षिक साधारणसभाले बरालको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो । जसको उपाध्यक्षमा नारायण प्रसाई , सचिव विनम प्रसाई , सहसचिव घनश्याम खतिवडा र कोषाध्यक्षमा शोभा खड्का रहेका छन् । त्यस्तै सदस्यहरुमा किरणकुमार मैनाली , सुमी विष्ट , नवराज बोहोरा , पुष्पा उप्रेती,राजन खत्री र लक्ष्मी थापा चुनिएका छन् । त्यस्तै प्रमिला बोहोराको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गठन भएको छ । जसको सदस्यहरुमा प्रेमप्रसाद उप्रेती र श्वेता काफ्ले रहेका छन् । बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा हरि ओझा र भेषनाथ श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ(नेफ्स्कुन) का संचालक सदस्य घनश्याम अधिकारीको प्रमुख आतिथ्य एवं संस्थाका अध्यक्ष उमेश राउतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा झापा जिल्ला सहकारी संघका सदस्य केशव बस्नेत , बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष वीपी भट्टराई, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता बिमलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कर्मचारी अप्सरा मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन हेमन्त संग्रौलाले गरेको संस्थाकी व्यवस्थापक सुमित्रा रेग्मीले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्