झापा, पुष ४ । नेपाली चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको टिजरमा छोरीप्रति बाबुको उत्तरदायित्वलाई देखाइएको छ । जिम्मेवारी, वियोग र बदला समेटिएको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् ।

घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, सुवेक्षा खड्का, प्रमोद अग्रहरी, अन्जना बराइली, मेनुका प्रधानलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रको कथा अजय अधिकारीले लेखेका हुन् ।
चलचित्र यही पुस २७ गते रिलिज हुँदैछ । निर्माण पक्षले टिजर सार्वजनिक गर्दै सिनेमाको प्रचार सुरु गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्