झापा,पुष ४ । झापाको दमक नगरपालिका–९ स्थित बरगाछीबाट स्थानीय २९ बर्षीय अर्जुन पौँदारलाई लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।लागुऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पौँदारलाई मंगलवार साँझ १ ग्राम १०० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका पौँदारको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्