झापा,पुष ४ । कोशी प्रदेशमा माछा उत्पादन बढ्दै गएको छ । तर, अझै आन्तरिक उत्पादनले यहाँको माग धान्न सकिरहेको छैन । तथ्याङ्क अनुसार कोशी प्रदेशमा उत्पादित माछाले स्थानीय बजारमात्रै धान्ने गरेको छ । व्यवसायिक बजारका लागि भने मधेश प्रदेशबाट ६० प्रतिशत र भारतबाट ४० प्रतिशत माछा आयात हुने गरेको छ । कोशी प्रदेश कृषि मन्त्रालय अन्तर्गतको मत्स्य विकास निर्देशनालयका अनुसार प्रदेशमा माछामात्रै नभएर माछाका लागि चाहिने आहारा पनि पर्याप्त उत्पादन भएको छैन । तथ्याङ्क अनुसार मत्स्य दाना आन्तरिक उत्पादनले ५७ प्रतिशतमात्रै धानिरहेको छ भने ४३ प्रतिशत प्रदेशबाहिरबाट आयात हुने गरेको छ ।मत्स्य तथा मत्स्यजन्य उत्पादनका लागि कृत्रिम आहाराको रुपमा मत्स्य दानाको प्रयोग भएको पाइन्छ । परम्परागत मत्स्य पालन प्राकृतिक अहारामा मात्र निर्भर थियो । तर व्यावसायिक मत्स्य पालनले विस्तारै गति लिएको वर्तमान अवस्थामा कृत्रिम आहारको रुपमा मस्त्य दानाको प्रयोगमा वृद्धि भएको छ ।माछा बिक्री हुने गरेको र आम्दानी दिन थालेपछि यस पेशालाई व्यवसायको रुपमा सञ्चालन गरिरहेका किसानले दानाको प्रयोग गर्न थालेको निर्देशनालयको दाबी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्