झापा , पुष ५ । कन्काई नगरपालिका ५ तुलसीवारीस्थित कुखुरा फार्ममा गएराति आगलागी भएको छ ।

महेन्द्र पराजुलीले भाडामा लिई संचालन गरेको छबिलाल आचार्यको कुखुरा फार्ममा राति ९.२० बजे अचानक आगलागी भएको हो । आगलागीबाट सिमेन्टको पिलर, टिनको छानो, तारजाली तथा टिनको बेरा भएको अन्दाजी २ कट्ठा जग्गामा रहेको कुखुरा फार्म , फार्ममा रहेका १ हजार बोईलर कुखुराका चल्ला, कुखुराको दाना २४० के.जी, मकै ३०० के.जी., धान १० मन र अन्य सरसामान जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोली, बिर्तामोड, कमल र शिबसताक्षीको दमकल तथा स्थानीयसमेतको सहयोगमा राति १०.४० आगो पूर्ण रुपमा निभाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्