भद्रपुर, पुष ५ । बिर्तामोड ८ स्थित सेन्ट जेभियर्स विद्यालयमा स्थानीयलाई सेवा प्रदान गर्ने उद्देश्यले एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।


सेन्ट जेभियर्स बाल क्लब र हामी स्वयम्सेवी समूहको आयोजनामा विद्यालय आसपासका स्थानीय लक्षित गरी निःशुल्क आँखा शिविर सम्पन्न गरिएको हो ।

आँखासम्बन्धी विभिन्न समस्या भएका दुई सय जनाले शिविरबाट लाभ लिएको आयोजकले जानकारी दिएको छ । बाल क्लबका फोकल पर्सन तथा शिक्षक शालिकराम दाहालका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको थियो । शिविरमा मेची आँखा अस्पताल बिर्तामोडका विशेषज्ञसहितका प्राविधिकले सेवा दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्