झापा, पुष ६ । चोरी र डाका मुद्धाका ३ फरार प्रतिवादी झापामा पक्राउ परेका छन् ।

डाका मुद्धामा सजाय तोकिएर फरार रहेका मेचीनगर नगरपालिका वडा नं. १४ बस्ने २९ वर्षीय प्रकाश राजवंशी र सोही ठाउँका ३२ वर्षीय मानिक राजवंशी पक्राउ परेका हुन् । उनीहरुलाई झापा जिल्ला अदालतको २०७९ फागुन १० गतेको फैसला अनुसार डाका मुद्दामा जनही १ बर्ष कैद , रु १० हजार जरिवाना तथा पीडित राहत कोषमा रु. २०० जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो । उनीहरु दुवैलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।

त्यस्तै चोरी मुद्धाका फरार प्रतिवादी मेचीनगर नगरपालिका वडा नं. १४ बस्ने २० वर्षीय कमल भन्ने भरत राजवंशी पनि पक्राउ परेका छन् । झापा जिल्ला अदालतको गत जेठ ३१ गतेको फैसला अनुसार चोरी मुद्दामा उनलाई १ महिना कैद , रु ५ हजार जरिवाना र पीडित राहत कोषमा रु. २०० जम्मा गर्नु पर्ने सजाय सुनाइएको थियो । उनलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो । तीनैजनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्