बिर्तामोड, पुष ६ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा हालका महासचिव अर्जुनकुमार मैनालीलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी भएको छ ।

मैनालीलाई अध्यक्षको उम्मेवारको रुपमा औपचारिक रुपमा घोषणा गर्ने तयारी गरिएको हो ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले पुष ११ गते ११ बजे बृहत विस्तारित भेलाबाट मैनालीको उम्मेवारी घोषणा गर्ने जनाएको छ । झापाका स्थापित व्यवसायी मैनालीले यसअघि महासचिव पदमा विजयी हासिल गरेका थिए ।

मैनालीलाई अध्यक्षका रुपमा नेकपा एमाले बिर्तामोड नगर कमिटीले समेत आफ्नो औपचारिक उम्मेदवारको रुपमा घोषणा गरिसकेको छ । नगर पार्टीको विस्तारित भेलाले मैनालीलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

बिर्तामोडको व्यावसायिक वृत्तमा लोकप्रिय मानिएका मैनालीले स्वतन्त्र व्यावसायिक प्यानल बनाएर व्यवसायीको साझा उम्मेदवार बन्ने जनाएका छन् । उनले सबै व्यवसायीहरुलाई विस्तारित भेलामा सहभागी हुन आव्हानसमेत गरेका छन् । अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको पनि उम्मेदवारीको चर्चा छ । वाणिज्य संघको निर्वाचन फागुन १४ गते हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्