झापा , पुष ७ । झापाको भद्रपुरमा वेल्डीङ गर्ने क्रममा आगलागी हुँदा १४ लाख बराबरको क्षति भएको छ ।

आज बिहान ११.५५ बजेको समयमा भद्रपुर ८ मेची क्याम्पस छेउ बस्ने चुडामणी उप्रेतीको घरको माथिल्लो तलामा पानीको ट्याङकी राख्नलाई फलामको रड वेल्डीङ गर्ने आगलागी भएको हो । आगोको झिल्को SY प्यानलको फर्ममा सल्किएर आगलागी हुँदा निर्माणाधीन SY प्यानलबाट बनेको २ वटा कोठा र टिनको छानो जलेर १४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो भद्रपुर नगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको र स्थानीयबासीको सहयोगमा दिउँसो १२ः२० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्