झापा,पुष ८ । सेभ द चिल्ड्रेनले नलगाड र रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भूकम्पपीडित सुत्केरीलाई चार सय टेन्ट उपलब्ध गराएको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले सम्बन्धित पालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा न्यानो ओछ्यान र चुलो समेत जडान गरिएको टेन्ट वितरण गरिएको हो । पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट अध्यक्ष छवी पन्तले नलगाड नगरपालिकाका विभिन्न वडामा २ सय ५० परिवारलाई विशेष प्रकारको टेन्ट वितरण गरिएको जानकारी दिए । पन्तका अनुसार दुई वर्षमुनीका बच्चा भएका महिला र ५ महिनाभन्दा माथिका गर्भवति महिला, क र ख वर्गका अपाङ्कता भएका व्यक्तिहरु छनौटमा परेका छन् । ओछ्याउनलाई विन्टराईजेसन किट भएको टेन्टमा धुवा रहित आधुनिक चुलो जडान गरिएको पन्तको भनाइ छ । नेपाल सरकारले भन्सार छुट गरेका टेन्टमा पार्टीसन गरेर चार वटासम्म कोठा बनाएर प्रयोग गर्न सकिने बनाइएको छ । भूकम्प लगाएतका विभिन्न विपदहरुमा सबैभन्दा बढि जोखिममा सुत्केरी, गर्भवति महिला र अपाङ्कता भएका व्यक्तिहरु रहने भएको हुँदा जोखिम न्यूनीकरण गर्न उक्त टेन्ट वितरण गरिएको अध्यक्ष पन्तले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्