झापा,पुष ९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिमा बससँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–४ स्थित ज्योति चोकमा सोमबार बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४३५ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटरको पछाडि सवार अर्जुनधारा नगरपालिका– ७ निवासी ५० वर्षीय टेकनाथ खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु थियो । यता स्कुटर चालक अर्जुनधारा– ९ निवासी २१ वर्षीय कमलप्रसाद खतिवडा र बस चालक मोरङ कानेपोखरी– ६ निवासी ३० वर्षीय केशव बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्