कुमरखोद पुष ९ । झापा गाउँपालिका वडा नं २ झापा बजारमा रहेको पिछडा उत्थान कृषि सहकारी संस्थाको नवौंं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ ।


कुमरखोद रेडक्रस सोसाईटीको सामुदायिक सभाहलमा संस्थाका अध्यक्ष कृष्ण केवरतको अध्यक्षता तथा झापा गाउँपालिका वडा नं २ का वडाध्यक्ष हिमालकुमार चम्लागाईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाका अध्यक्ष केवरतले २६५ जना शेयर सदस्य रहेको आफ्नो संस्थामा आगामी आर्थिक वर्षमा ३५० जना शेयर सदस्य वृद्धि गर्ने लक्ष्य रहेको बताए । उनले कृषकहरुका लागि तालिम तथा आयमूलक कार्यक्रमहरु गरी कृषकलाई आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

संस्थामा हाल १ करोड १० लाख ९७ हजार ७८ रुपैयाँ शेयर चुक्ता पुँजी , बचत २९ लाख ७७ हजार १ सय ८५ रुपैयाँ र कोष हिसाव २५ लाख ५५हजार ८ सय पचास रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । सम्पूर्ण खर्च कटाएर यो संस्थाले यो आर्थिक वर्षमा १३ लाख २४ हजार १ सय ६१ रुपैयाँ नाफा गरेको जनाएको छ ।

लेखा समितिका संयोजक प्रदिपकुमार गणेशले स्वागत मन्तव्य गरेको कार्यक्रमा झापा गाउँपालिका वडा नं २ अध्यक्ष चम्लागाई, न्यायिक समिति सदस्य राजकुमार कोच , कुमरखोद उपशाखाका सभपाति सुन्दरलाल गणेशलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक रुपक राजवंशी, झापा गाउँपालिका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार गणेश, शिक्षक मिथिलेसकुमार गणेश लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन कुमार गणेशले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्