झापा , पुष १० ।झापा गाउँपालिका– ६ बस्ने सकुन्तला खड्काको गोठमा आगलागी हुँदा दुईवटा खसीबाख्रा जलेर मरेका छन् ।

हिजो राति १० बजेको समयमा खड्काको गोठमा खोले पकाउने क्रममा चुलोबाट अचानक आगो सल्कन गई आगलागी भएको हो । आगलागीबाट टिनको छानो टाटी बेरा भएको गोठ पूर्ण रुपमा जल्दा गोठभित्र रहेका एउटा खसी र एउटा बाख्रासमेत जलेर मरेका छन् ।

आगलागीबाट अन्दाजी १ एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोली र स्थानीयबासी समेतको सहयोगमा राति पौने ११ बजे आगो पूर्ण रुपमा निभाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्