झापा,पुष १० । लागूऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट भागेपछि भारतको बिहारमा चार जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् । पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेका हुन् । प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कारण देखाऊ नोटिस पनि पठाइएको छ । नेपालको पर्सा जिल्लाका सुदर्शन साह र लालबाबु ठाकुरलाई रामगर्वाह प्रहरीले हरिशंकर वर्मा कलेज नजिकैबाट ७.४७ केजी गाँजासहित पक्राउ गरेको थियो ‘दुई जनालाई मोतिहारीमा अदालतसामु उपस्थित गर्नका लागि लैजाँदै गर्दा सगौलीमा दुईजना भागेका थिए । दुईमध्ये ठाकुरलाई पक्राउ गरिए पनि साह भने त्यहाँबाट फरार भएका थिए,’ प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ । निलम्बनमा पर्ने प्रहरी अधिकारीहरूमा सब इन्स्पेक्टर अकसम अनसारी र हरेकृष्ण सिंह यादव तथा कन्सटेबलद्वय चन्दन कुमार र शालिग्राम कुमार छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्