झापा,पुष ११ । इलामको माई नगरपालिका–२ गोर्खेेमा पिकनिक सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन । मोरङको सुन्दरहरैचा–१२ बाट बिहान पिकनिक आएको को १ ज ३७०६ नम्बरको म्याजिक भ्यान सडकबाट १५ मिटर तल खस्दा दुर्घटना भएको हो। हुस्सु लागेर बाटो अलमल्लिएका गाडी चालकले गाडी रोकेर स्थानीयलाई चेप्टी जाने बाटो सोध्न बाहिर निस्किएको समयमा गाडी गुडेर सडक भन्दा १५ मिटर तल खसेको थियो। गाडी दुर्घटनामा सुन्दर हरैचा–१२ खोर्साने बस्ने ५६ वर्षीया विष्णुकुमारी खड्का, ५० वर्षीया कोपिला कार्की र ५७ वर्षीया माया तामाङ सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको माई अस्पतालमा उपचार भइरहेको छ।तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट रमाइलो गर्न हेप्पी ड्रिम्स चेप्टी गएका १४ जना ज्येष्ठ महिलाहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्