झापा , पुष १२ । विश्व हिन्दु परिषद नेपालको झापा समिति गठन भएको छ ।

एक कार्यक्रमका बीच गठन भएको समितिको जिल्ला अध्यक्षमा सामाजिक तथा धार्मिक ब्यक्तित्व होमनाथ ढुङ्गेल रहेका छन् । त्यस्तै उपाध्यक्ष देबेन्द्रकिशोर ढुङ्गाना ,सचिव माधब कल्पित, सह–सचिव दुर्गाप्रसाद खरेल र कोषाध्यक्षमा तारा राजवंशी रहेका छन् । त्यस्तै सदस्यहरुमा हरिप्रसाद भण्डारी ,इश्वर पोखरेल, भिमप्रसाद भट्टराई ,शिव आचार्य,सत्येन्द्र कर्ण, आकृति खतिवडा सर्वसम्मत चयन भएका छन् ।

जनकल्याण प्रतिष्ठान एकल अभियान झापाका अध्यक्ष शंकर भट्टराईको प्रमुख आतिथ्यमा आयोजित भेलाबाट समिति गठन गरिएको बिश्व हिन्दु परिषद कोशी प्रदेश प्रमुख सीतादेवी ढुङ्गेलले जानकारी दिइन् । ‘सनातन शाश्वत हिन्दु जीवन मूल्य,मान्यताको रक्षा एवम् प्रचार प्रसार गर्ने,आफ्नो धर्मका विविध पथ ,सम्प्रदाय,जाति,उपजातिहरुको बिचमा समन्वय तथा सहकार्य बढाइ सबैमा एकताको भावना निर्माण गर्ने ,आधुनिक युगसापेक्ष नैतिक एवम् आध्यात्मिक जीवन मूल्यको संरक्षण संबर्धन तथा प्रसार गर्ने लगायतका लक्ष्य राखेर संगठन बिस्तार भइरहेको प्रमुख अतिथि भट्टराईले जानकारी दिए ।

सामाजिक विभेद ,छुवाछूत निर्मुल गरी सबै जातजाति तथा भाषाभाषीबिच धार्मिक समानता कायम गराउने र आदिवासी जनजाति ,दलित ,असहाय तथा पिछडिएका वर्ग र उपेक्षित समुदायको सेवामा लागिपर्ने उद्धेश्य बोकेर आफूहरु यस परिषद्भित्र संगठित भएको नवगठित समितिका सचिव झापाली युवा रङ्गकर्मी तथा अभियन्ता माधब कल्पितले जानकारी दिए । सीतादेवी ढुङ्गेलले स्वागत गरेको कार्यक्रमलाई देबेन्द्रकिशोर ढुङ्गानाले सञ्चालन गरेको समिति सदस्य हरिप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्