बिर्तामोड, पुष १२ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई सांकेतिक सन्देशमुलक बोर्ड र आठवटा ट्राफिक पोल हस्तान्तरण गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले बिहीवार एक कार्यक्रमका बीच बिर्तामोडभित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी सामग्री हस्तान्तरण गरेको हो ।

सवारीसाधनको चापका कारण हाल ट्राफिक व्यवस्थापन र सडक दुर्घटना बढ्दै गएकाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतनाका लागि ती सामग्री प्रदान गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेलाई ट्राफिक पोलहरु हस्तान्तरण गरेका थिए ।

प्रहरी निरीक्षक न्यौपानेले बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुग्ने , ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बताए ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । बैंकले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्