भद्रपुर, पुष १३ । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले आधारभूत तह उत्तीर्ण परीक्षामा विद्यार्थीको अनुहार हेरेर विभेद नगर्न माग राख्दै नगर शिक्षा शाखामा ज्ञापनपत्र बुझाएको छ ।

नगर अध्यक्ष विदुर ढुंगानाको नेतृत्वमा गएको टोलीले स्थानीय सरकारले लिने आधारभूत तह उत्तीर्ण परीक्षालाई विकृतिरहित बनाउन प्याब्सनलाई ठेक्कामा नदिन माग गर्दै सरकारी विद्यालय र संस्थागत विद्यालयका विद्यार्थी बिचमा विभेद नगर्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारीले सरकारको नीतिअनुसार विद्यार्थीलाई विभेद नगरिने तथा प्याब्सन, एन. प्याब्सन परीक्षा सञ्चालक नहुने गरी विगतका गल्ती सच्याइने प्रतिबद्धता गरेका छन् । प्रमुख ओडारीले परीक्षा शुल्क सरकारले तोकेको २७५ रूपैयाँ मात्र भएपनि विगतका परीक्षामा सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीबाट उठाउने शुल्कमा त्रुटी भएकोले यस वर्षबाट समान व्यवहारको नीति लिने भन्दै प्याब्सन, एन.प्याब्सन आधारभूत तह उत्तीर्ण परीक्षाको जिम्मेवार निकाय नरहने प्रष्ट पारेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्