झापा,पुष १४ । तराईका केही भागमा आज बिहानदेखि हल्का हुस्सु र कुहिरो लागेको छ ।

जाडोयाम शुरु भएयता यस वर्ष खासै हुस्सु र कुहिरो लागेको थिएन । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगमा अहिले आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। यस्तै कोशी र बागमतीका पहाडी भेगमा आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्