दमक , पुष १४ । झापाको दमकमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

इलामको माङसेवुङ गाउँपालिका वडा न. ४ घर भई दमक नगरपालिका २ मा बस्दै आएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार गरी शनिवार दिउँँसो २ बजे आफ्नै ६० बर्षीया श्रीमती इन्द्रकुमारी विश्वकर्माको हत्या गरेका हुन् ।

दमक २ को मखमली टोलमा कृष्ण विश्वकर्माको घरमा बस्दै आएका ६० बर्षीय धनबहादुरले घरायसी झगडा हुँदा खुकुरी प्रहार गरी श्रीमती इन्द्रकुमारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्यामा संलग्न धनबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

घरायसी झगडा हुँदा धनबहादुरले श्रीमतीको टाउको,शरीरभरि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमा मृत्यु भएको थियो । विश्वकर्मा दम्पत्ती आफन्तको घरमा डेरा लिएर जनमन गरि जिविकोपार्जन गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्