झापा, पुष १५ । झापा गाउँपालिका–३ फूलबारी टोलमा रहेको मानबहादुर खड्काको कुखुरा फर्ममा आज साँझ आगलागी भएको छ ।

आगलागीबाट कुखुरा फर्ममा रहेका १ हजार बोइलर कुखुरा जलेर नष्ट भएको स्थानीय बिमल गणेशले जानकारी दिएका छन् । ईन्दिरा कटुवाल खड्काले संचालन गरेको टु ब्रदर्स पोल्ट्री फर्ममा अचानक आगलागी भएको जनाइएको छ । उक्त आगलागीबाट १ हजार चल्ला, २२ बोरा कुखुराको दाना र पोल्ट्री फर्म पूर्ण रुपमा जलेर नष्ट हुँदा करिव १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।साँझ ७.३० बजे लागेको आगो प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी टोली खटिगई स्थानीयबासीको सहयोगमा राति ८.५० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्