झापा,पुष १६। झापाको बिर्तामोड– ४ स्थित जयमाता प्लम्बर ग्रुपले सोमवार बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

झापाको कन्काई नगरपालिकास्थित पर्यटकीय स्थल धनुषकोटीमा आयोजना गरिएको पिकनिकमा जम्मा २७ जनाको उपस्थिति रहेको थियो ।सँधैभरि काम गरिरहनु पर्ने भएकाले सोमवार एक दिन फुर्सद निकालेर बनभोज आयोजना गरिएको प्लम्बर अम्बरबहादुर खुलालले बताए । बनभोज कार्यक्रमको प्रमुख अतिथि जयमाता ट्रेडर्सका रमेश नेपाल रहेका थिए । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि नेपालले आफू सँधै प्लम्बरको एकता र हकहितको पक्षमा लागिरहेको र लागिरहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्लम्बर शम्भु मेचेले आफूहरु उत्पादक कम्पनी,ब्यवसायी र उपभोक्ताहरुबीच पुलको रुपमा रहेकाले उत्पादक कम्पनीले प्लम्बरहरुप्रति उत्तरदायी हुनु पर्ने र बेला बेला आफूहरुलाई आवश्यक औजारहरु पनि उपलब्ध गराउनु पर्ने बताए । त्यस्तै प्लम्बर मोहन राजवंशीले अबका प्लम्बरहरु उत्पादक कम्पनीले एकदिने कार्यक्रम गरेको भरमा मासु भातमा नबिक्ने बताए ।प्लम्बर लेखनाथ अधिकारीले हरेक कम्पनीले प्लम्बर भेटघाट कार्यक्रममा आफूहरुलाई पक्षपात गर्ने गरेको आरोप लगाए ।

कार्यक्रममा प्लम्बरहरु दिपक नेपाल,राम बस्नेत,महेश खनाल,प्रकाश अधिकारी,हेम राजवंशी र अम्बरबहादुर खुलालले पनि आआफ्नो विचार राखेका थिए । कार्यक्रममा अटोमेकानिक ऋषि पौडेलले प्लम्बरहरुलाई शुभकामना दिएका थिए । बनभोज कार्यक्रमको संयोजक प्रकाश अधिकारी रहेका थिए । बनभोज कार्यक्रममा म्युजिकल चियर,सामूहिक नृत्य र भाग्य चिट्ठा लगायतका कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्