झापा,पुष १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ सब–भेरियन्ट जेएन.१ को जोखिम बढेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा अहिलेसम्म यो सब–भेरियन्ट पुष्टि नभएपनि छिमेकी देशहरुमा संक्रमण बढिरहेकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराएको हो ।

’कोभिड–१९ को नयाँ सब–भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक स्क्रीनिंग र निगरानी भइरहेको साथै कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जानकारी गराउँदछौं’ मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा छ,’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्