कनकाई, पुष १९ । नेपाल ह्रदय रोग निवारण प्रतिष्ठान झापाको अध्यक्षमा सन्तोष अग्रवाल सर्वसम्मत रुपमा चयन भएका छन् ।

झापाको दुर्गापुरमा सम्पन्न प्रतिष्ठानको अधिवेशनसहितको साधारणसभाबाट अग्रवालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अग्रवाल रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका कोशी प्रदेश कार्यसमितिका वर्तमान उपाध्यक्षसहित विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् । प्रतिष्ठानको विधानअनुसार कार्यसमितिमा निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, दुईजना उपाध्यक्ष शुभकुमाई पाठक र लुवराज उप्रेती चयन भएका छन् । त्यस्तै सचिवमा उषा श्रेष्ठ, सहसचिवमा रामप्रसाद निरौला, कोषाध्यक्षमा विनोद चापागाईँ र सहकोषाध्यक्षमा ससिम पोखरेल सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा लक्षेन्द्रप्रसाद यादव, दिनेशकुमार पोखरेल, रत्ना बुढाथोकी रहेका छन् । समितिको पहिलो बैठकले डिल्लीराम मैनाली र कमलप्रसाद कोइरालालाई समेत सदस्यमा मनोनयन गरी १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । सर्वसम्मत नेतृत्व चयनका लागि डिल्लीराम मैनालीको संयोजकत्वमा प्रतिष्ठानका संस्थापक अध्यक्ष डा.सी.पी. यादव र निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो ।प्रतिष्ठानकी उपाध्यक्ष शुभकुमाई पाठकले स्वागत मन्तव्य राखेको साधारण सभामा संस्थापक अध्यक्ष डा.सी.पी.यादवले सुझावसहितको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सचिव लुवराज उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्