झापा , पुष १९ । झापामा तीन जना मृत फेला परेका छन् । दुईजना झुन्डिएको अबस्थामा र एकजना भवनभित्र मृत फेला परेका हुन् ।

आज बिहान ६.३० बजे बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा इलाम देउमाई नगरपालिका वडा नं ८ जीतपुर आमबोटे बस्ने १७ वर्षीय प्रभु तामाङ झुन्डिएको अबस्थामा फेला परेका हुन् । रुखमा सलको पासो लगाई उनी झुन्डिएको अबस्थामा फेला इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । तामाङ विगत ४ दिनअघि घरबाट हिडेका थिए ।

त्यस्तै शिबसताक्षी १० स्थित वाणिज्य संघको निर्माणाधिन भवनभित्र मागी खाई हिड्ने पुरुष मृत फेला परेका छन् । मृतक धरान ६ बस्ने अन्दाजी ४० वर्षीय यमकुमार धमला भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाईएको जनाइएको छ ।

त्यस्तै आज बिहान ११ः३० बजेको झापा गाउँपालिका ३ गैरिगाउँ बस्ने गोविन्द पराजुलीकी छोरी १६ वर्षीया अनुसा पराजुली आफ्नै घरको आफू सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लागेर झुण्डिएकी छन् । आफन्तले देखेर तत्काल पासो खोली भुँईमा झारेकोमा उनको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्