चूडामणि लुइटेल,
नेपालको भौगोलिक विभाजन तराई पहाड हिमाल प्रशासनिक विभाजनमा आधारित छ । तराई, पहाडी र हिमाली जिल्ला भनेर सूचीकृत भएका जिल्लाहरुले ओगट्ने क्षेत्रलाई क्रमशः तराई, पहाड र हिमाल भनेर चिनिन्छ । प्रशासनिक जिल्लाहरु र तिनको वर्गीकरणलाई आधार मान्दा वास्तवमा कतिपय तराईको गुण भएका स्थान पहाड, पहाडी क्षेत्रको जस्तो गुण भएका स्थान तराई क्षेत्रमा कायम भएका छन् । त्यसैगरी तराई पहाडको वर्गीकरणमा नपर्ने भित्री मधेस भन्ने स्थान कतै तराईमा कतै पहाडी क्षेत्रमा परेका छन् । यसैगरी शहरी र ग्रामीण क्षेत्रको परिभाषामा मुख्य गरेर संघीय संरचनाअनुसारका ७५३ वटा स्थानीयतहनिर्माणभएपश्चातग्रामिण परिवेश र सुबिधाको बन्चितताभएका कयैन नगरपालिकाका वडाहरु शहरी वर्गमा दर्ज भएका छन् । त्यसैगरी राज्य पुनसंरचनापश्चात् भूगोल तथा जनसंख्यालाई मुख्य आधार मान्दा कतिपय बजार केन्द्रहरु (शहरी गुण सम्पन्न वा शहरोन्मुख क्षेत्र)ग्रामीण वर्गमा दर्ज भएका छन् । यहि वर्गीकरणका आधारमा नगरपालिकाको संख्यामा बढोत्तरी भएका कारण राज्य पुनरसंरचनापश्चात् एकाएक शहरी जनसंख्या ह्वात्तै बढेको छ । ग्रामीण चरित्र भएको क्षेत्र शहरी वर्गीकरणमा पर्नु र बजार केन्द्रको रुपमा विकसित हुँदै गरेको क्षेत्र ग्रामीण रुपमा नै परिभाषित भएको यस अवस्थामा नीति निर्माण योजना तर्जुमा र बजेट बिनियोजनमा समस्या आएको र आउन सक्ने भएर हालसालै ११ औं राष्ट्रिय जनगणना २०७८ को पुरक प्रतिवेदनका रुपमा राष्ट्रिय तथ्यांक कार्यालयले शहरी र ग्रामीण क्षेत्र र त्यहाँको जनसंख्यासहितको एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको वर्गीकरण नामक उक्त पुस्तकमा संयुक्त राष्ट्रसंघले सिफारिस गरेको बिधि र प्रक्रिया प्रयोग गरेर समग्र नेपालको शहरीकरणको वर्तमान अवस्था आँकलन गरिएको छ ।

प्रतिवेदनमा नेपाललाई शहरी, शहरोन्मुख र ग्रामीण क्षेत्र गरेर वडागत वर्गीकरण गरिएको छ । भू–उपग्रहबाट प्राप्त चित्र र पछिल्लो जनगणनाबाट प्राप्त तथ्यांकलाई समायोजन गरि बैज्ञानिक बिधिबाट नेपालका ७५३ स्थानीय तहका ६७४३ वडाहरुमध्ये ९६२ वटा वडाहरु शहरी प्रकृतिका, २०९६ वटा वडाहरु शहरोन्मुख प्रकृतिका र ३६८५ वटा वडाहरु ग्रामीण प्रकृतिका भएको पाइएको छ । यसैगरी कोशी प्रदेशका १३२, २९८, ७३७ वडाहरु क्रमशः शहरी, शहरोन्मुख र ग्रामीण वर्गमा परेका छन् । हाल नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कुल संख्या २९३ छ । नेपालमा नगरपालिकाहरुमा बसोबास गर्नेको कुल जनसंख्या ६६.०२ प्रतिशत रहेको छ तर हालसालैको वर्गीकरणले माथि उल्लेख भएका शहरी वडाहरुमा बसोबास गर्ने जनसंख्या २७.०७ प्रतिशत रहेको छ । त्यसैगरी शहरोन्मुख क्षेत्रमा बसोबास गर्नेको ३९.७५ प्रतिशत र शहरी क्षेत्रमा बसोबास गर्नेको संख्या ३३.१९ प्रतिशत रहेको छ । झापा जिल्लाका १३१ वटा वडाहरुमध्ये १५ वटा वडा शहरी, १०८ वटा वडा शहरोन्मुख र ८ वटा वडा ग्रामीण क्षेत्रमा परेका छन् । झापा कोशी प्रदेशमा ग्रामीण जनसंख्या कम भएको दोस्रो जिल्लामा परेको छ । झापा जिल्लामा ४.४२ प्रतिशत मानिस ग्रामीण क्षेत्रमा, ७६.६ प्रतिशत शहरोन्मुख क्षेत्रमा र १८.९५ प्रतिशत मानिसहरु शहरी क्षेत्रमा बसोबास गर्दछन् ।थोरै ग्रामीण जनसंख्या भएको जिल्लाहरुमध्ये कोशी प्रदेशमा झापा दोस्रो जिल्ला हो भने सुनसरीमा कोशी प्रदेशमा सबैभन्दा कम ग्रामीण जनसंख्या भएको जिल्लामा परेको छ ।

झापा जिल्लाको पालिकागत शहरी ग्रामीण वर्गीकृत जनसंख्याको विवरण

प्रदेशगत ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत पुनःवर्गीकरण

 (२०७८ जनगणनामा जिल्ला जनगणना अधिकारी, झापा, तथ्यांक अधिकृत, स्वास्थ्य कार्यालय झापा )

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्