झापा, पुष २० । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले कोशी प्रदेशबाट सात जनाको नाम सिफारिस गरेको छ ।

बिहीबार काठमाडौँमा बसेको एमाले कोशी प्रदेश कमिटीको पदाधिकारी बैठकले ४ पुरुष र ३ महिला गरी सात जनाको नाम केन्द्रमा सिफारिस गरेको हो । एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार पुरुषतर्फ भोजपुरका पर्शुराम अधिकारी, झापाका उमानाथ ओली,हरिचरण बानिया र खोटाङका कर्ण घलेको नाम सिफारिस भएको छ । यीमध्ये अधिकारी नेकपा विभाजनपछि माओवादीबाट एमालेमा आएका हुन् ।

यस्तै महिलातर्फ रुकमणी कोइराला, मेचीमाया धिमाल र रोशनी मेचेको नाम सिफारिस गरिएको छ ।राष्ट्रिय सभाको निर्वाचनमा कोशीमा दुई सिटका लागि चुनाव हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्