बिर्तामोड, पुष २१ । नेपाल डेन्टल एशोसिएसन झापाको आयोजनामा दन्त चिकित्सा सम्बन्धी एकदिने सेमिनार शुक्रवार साँझ बिर्तामोडमा सम्पन्न भएको छ ।

सेमिनारमा कोशी अस्पतालका अध्यक्ष तथा नेपाल मेडिकल एशोसिएसन कोशीका अध्यक्ष डा. फरवाड सिलवाल, काठमाडौ युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सका डीन प्रा.डा. मनोज हुमागाँई र काठमाडौ युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सका प्राध्यापक डा. सिमान्त लामिछानेले दन्त चिकित्साका उपचार पद्धतिबारे प्रशिक्षण दिएका थिए । सेमिनारमा झापा , मोरङ र सुनसरीका ४० जना दन्त चिकित्सकहरुको सहभागिता रहेको थियो ।

नेपाल डेन्टल एशोसिएसन झापाका अध्यक्ष डा. मुकेशकुमार शाहको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथि कोशी अस्पतालका अध्यक्ष तथा नेपाल मेडिकल एशोसिएसन कोशीका अध्यक्ष डा. फरवाड सिलवालले उद्घाटन गरेका थिए । नेपाल डेन्टल एशोसिएसन झापाका सल्लाहकार डा. भुषण भट्टराई स्वागत गरेको कार्यक्रमको संचालन एशोसिएसनका कोषाध्यक्ष डा. प्रज्वल पौडेल र सदस्य डा. नेहाल मैनालीले गरेका थिए ।

कार्यक्रममा नेपाल डेन्टल डिष्ट्रिव्यूटर्स एशोसिएसन , खिलुङ कालिका सप्लायर्स , एशियन फर्मास्यूटिकल्स , हिमालयन सर्जिकल सप्लायर्सको सहयोग रहेको डेन्टल एशोसिएसन झापाका अध्यक्ष डा. शाहले बताए । उनले दाँतको इम्प्लान्ट उपचारमा एड्भान्स प्रविधिको प्रयोगका बारेमा सेमिनारमा प्रशिक्षण दिइएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्