झापा,पुष २१ । पढाइमा अब्बल रहेका छात्राहरूलाई स्थानीय निकायले साइकल दिएर सहयोग गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १४ वडाले २०७९ सालमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका छात्राहरूलाई साइकल वितरण गरेको हो ।उच्चशिक्षा अध्ययनका लागि सहज होस भनेर साइकल दिएर सहयोग गरिएको वडाध्यक्ष सूर्यनारायण महतोले बताए । कार्यक्रममा ३० जना छात्रालाई साइकल प्रदान गरिएको थियो । एसइईपछिको उच्च शिक्षाका लागि वडा कार्यालयले सहजताको लागि साइकल दिएकोमा छात्राहरू खुसी भएका थिए । एसइई उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न सम्बन्धित शैक्षिक संस्थामा आउजाउ गर्न सजिलो हुने भएको छात्राहरूले बताए । टाढाका शैक्षिक संस्था जान यातायातको सहजता नहुँदा आउजाउ गर्न उनीहरूलाई कठिनाइ हुने गरेको थियो । वडा कार्यालयले छात्राहरूको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले साइकल दिएको जनाएको छ । आगामी दिनमा पनि उनीहरूको पढाइमा भरथेग गर्ने खालका कार्यक्रम ल्याइने वडाध्यक्ष महतोले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्