बिर्तामोड, पुष २१ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाको दुई निर्वाचन क्षेत्रमा शनिवार एकैदिन दुईवटा इकाई समिति गठन भएको छ ।


निर्वाचन क्षेत्र ४ र ५ मा इकाई समिति गठन गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले जनाएको छ । क्षेत्र नम्बर ४ को सुरुङ्गामा र क्षेत्र नम्बर ५ को दमकमा व्यवसायीको भेलाले ईकाई समिति गठन गरेको हो ।
यसअघि पुष ११ गतेको जिल्ला कार्यसमितिको बैठकले झापा ४ मा जिल्ला कार्यसमिति सदस्यसमेत रहेका दुर्गाप्रसाद घिमिरे र निर्वाचन क्षेत्र नम्बर ५ मा कार्यसमिति सदस्यसमेत रहेका मनकुमार चौलागाईंलाई इकाई संयोजकको जिम्मेवारी दिएको थियो । ईकाई संयोजकलाई नै ईकाई अध्यक्ष पदमा चयन गरेपछि रिक्त अन्य पदलाई पदपूर्ति गरेको नेपाल पुस्तक तथा व्यवसायी महासंघका झापा सचिव चन्द्रमणि घिमिरे (चन्द्र) ले बताए ।

झापा ४ को उपाध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती सुरुङ्गा, सचिवमा सुजन घिमिरे दुधे, कोषाध्यक्षमा सुनिता उप्रेती दुर्गापुर सर्वसम्मत चयन भएका छन् । यस्तै शरणामती गाउँपालिकाबाट टिका पाठक, माईधारकी रोहिता भट्टराई र मदरगाछबाट भक्तबहादुर कार्की सदस्यमा सर्वसम्मत चयन भएका छन् ।
यस्तै ५ नम्बर क्षेत्रमा दमकका राजेन्द्रकुमार भण्डारी उपाध्यक्ष, सचिवमा स्कूलचौनका खेमराज श्रेष्ठ र कोषाध्यक्षमा केर्खाका सोमप्रसाद अधिकारी सर्वसम्मत चयन भएका छन् ।सो इकाई समितिमा रूपक श्रेष्ठ गौरीगञ्ज, दमकका ज्ञानेन्द्र श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठ दमकबाटै सदस्य पदमा चयन भएका छन् ।

यस्तै क्षेत्र नम्बर ५ मा व्यवसायीहरूको भेलाले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका संस्थापक केन्द्रीय सदस्य दुर्गाप्रसाद पौडेल संयोजक रहेको सल्लाहकार समिति पनि गठन गरेको छ । सो समितिमा टिकाराम भण्डारी, ईश्वरीप्रसाद न्यौपाने र रामप्रसाद सिन्जाली सदस्य रहेको सल्लाहकार समिति गठन भएको हो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाका अध्यक्ष विनोद सापकोटा, उपाध्यक्ष खगेन्द्र गौतम र सचिव चन्द्रमणि घिमिरे (चन्द्र)को पनि उपस्थिति थियो । बाँकी रहेका निर्वाचन क्षेत्रमा पनि यसै सातासम्ममा ईकाई समिति गठन भइसक्ने उपाध्यक्ष गौतमले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्