झापा ,पुष २२ । कचनकवलमा अज्ञात व्यक्तिले गएराति धानको कुन्यूमा आगजनी गरेका छन् ।

कचनकवल गाउँपालिका–४ बयरवारीका अलवास मियाको धानको कुन्यूमा अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । आगजनीबाट दुई बिगाहको धान र पराल जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन्।

धान र पराल गरी कम्तीमा तीन लाख बराबरको क्षति भएको पीडित मियाको भनाइ छ। लाखौँ रुपैयाँको धान र वर्षभरि वस्तुलाई पुग्ने परालसमेत डढेर खरानी हुँदा आफ्नो बिचल्ली भएको मियाले सुनाए।

आगो कसले र किन लगायो भन्ने विषयमा आफूलाई केही जानकारी नभएको उनले बताए। यसअघि पनि कचनकवलमा बारम्बार धान र परालको कुन्यूमा आगो लगाउने घटना भइरहेपनि कसैमाथि कारबाही हुन सकेको छैन।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्