झापा,पुष २४ । दक्षिणी झापाको कचनकवलमा जङ्गली हात्तीले दुई वटा घर भत्काएको छ । हात्तीले गएराति कचनकवल गाउँपालिका– ३ स्थित पाठामारी निवासी विष्णु गुरुङको दुई वटा घरमा क्षति पुर्‍याएको छ । जङ्गलबाट निस्किएका हात्ती आहारको खोजी गर्दै उनको घरमा आएको स्थानीयले बताएका छन् । भत्काएको घरमा धान भण्डारण गरी राखिएको थियो ।

घर भत्काएपछि पीडित गुरुङ यस्तो जाडो मौसममा रातभरि जाग्राम बस्नु परेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिएका छन् । घटना पश्चात् प्रहरी टोली आज बिहान क्षतिको विवरण सङ्कलन गर्न पुगेका थिए । हात्तीका कारण कचनकवलबासी पनि आतङ्कित बनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्