झापा,पुष २५ । झापाको कचनकवलमा अपांगता भएका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् ।

(मृतक राजवंशी–फोटो मोति माविका प्रअ छवि बस्नेतबाट)

कचनकवल ३ डाँगीबारी बजारका ३९ वर्षीय पानीलाल राजवंशीले गएराति बजारको टहरामा झुन्डिएर आत्महत्या गरेका हुन् । चियापसल गर्ने बुधु राजवंशीका जेठा छोरा पानीलाल राति २ बजे झुन्डिएको फेला परेका थिए । बोली नभएका राजवंशीकी श्रीमती भाद्री राजवंशी पनि शारीरिक अपांग हुन् । टहराको मक्किएको बाँसमा डोरी लगाएर उनी झुन्डिएकोमा बाँस भाच्चिएको छ । राति परिवारले थाहा पाएर खबर गरेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए ।

राजवंशी केही दिनदेखि अस्वस्थ्य रहेका थिए । उपाध्यक्ष भट्टराईका अनुसार पेटको समस्या रहेका उनलाई आज परिवारले अस्पताल लान खोजेका थिए । मृतकका दुईजना छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्