झापा,पुष २५ । झापासहित पूर्वी नेपालमा मुख्य बसोबास रहेको आदिवासी सन्थाल समुदायले मनाउने प्रमुख चाड सोहराय सुरु भएको छ।

मंगलबारदेखि सुरु भएको यो चाड ६ दिनसम्म मनाइने गरेको पाइन्छ। पर्वको रूपमा मनाइने यो चाड सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरेको पाइन्छ।

नेपाल आदिवासी सन्थाल उत्थान सङ्घका केन्द्रीय अध्यक्ष सुन्दर बेस्राका अनुसार सांस्कृतिक रूपमा सम्पन्न सन्थाल समुदाय अहिले पनि अन्य समुदायभन्दा पछि परेको बताएका छन् । आफूहरूले मनाउँदै आएको परम्परागत संस्कृति र संस्कार समेत मासिने अवस्था आएको उनले बताए । गरिबी कारण चाडपर्व सङ्कुचित बन्दै गएको छ।

आफ्नो परम्परागत नृत्य तथा सांस्कृतिक पहिचानको प्रदर्शनसहित गौरीगन्ज गाउँपालिकामा औपचारिक कार्यक्रम गरेर सोहराय सुरु भएको छ। आफूहरूले वर्षौँदेखि मनाउँदै आएको सोहरायको रौनक पहिलाजस्तो नहुने गरेको यसका अगुवा बताउँछन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्