कचनकवल, पुष २५ । कचनकवल गाउँपालिकाले भाक्का दिवसका दिन पुष २९ गते स्थानीय बिदा दिने निर्णय गरेको छ ।

उक्त दिन अति आवश्यक सेवाबाहेक कचनकवल गाउँपालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । कचनकवलमा आदिवासी राजवंशी समुदायको बाहुल्यता रहेको छ ।

पुष २७ गते पृथ्वी जयन्ती र तोल ल्होसार, पुष २८ गते शनिबार , २९ गते भाक्का दिवस र माघ १ गते माघे संक्रान्ति पर्व परेकोले कचनकवल गाउँपालिकामा लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्