कुमरखोद, पुष २५ ।झापा गाउँपालिका वडा नं २ झापा बजारमा रहेको कुमरखोद साना किसान कृषि सहकारी संस्थाले नवौं वार्षिक साधारणसभा बुधवार सम्पन्न गरेको छ ।


सामुदायिक रेडक्रसको सभाहलमा भएको कार्यक्रममा संस्थाकी अध्यक्ष सुजता पोखरेलको अध्यक्षता तथा झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाकी अध्यक्ष पोखरेलले संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । उनले महिला ५९७ र पुरुष ४७ गरी ६४४ जना शेयर सदस्य रहेको आफ्नो संस्थाले २ करोड ३२ लाख ८९ हजार २ सय १५ रुपैयाँ ऋण लगानी गरेको जानकारी दिइन् । त्यस्तै संस्थाले बंैकबाट १ करोड २१ लाख ३० हजार रुपैयाँ ऋण लिएको छ भने संस्थाको शेयर पुँजी ४० लाख ६४ हजार २ सय रुपैयाँ रहेको छ । कुल बचत ६१ लाख ११ हजार ८ सय ३२ रुपैयाँ रहेको संस्थाले यस आर्थिक वर्ष २०७९–८० मा ३९ लाख ३४ हजार ५९ रुपैयाँ कुल आम्दानी गरेको छ । सम्पूर्ण खर्चहरु कटाएर ७ लाख २१ हजार ४ सय ७५ रुपैयाँ संस्थाले मुनाफा गरेको अध्यक्ष पोखरेलले बताइन् ।

यस संस्थाले किसानहरुलाई पशुपालन तथा तरकारी खेतीका लागि ९ प्रतिशत व्याजदरमा ऋण लगानी गरेको छ भने ग्राहक सुरक्षण बचत कोषमा वार्षिक १० प्रतिशत व्याज दिदै आएको प्रतिवेदनमा उल्लेख छ ।


कार्यक्रममा प्रमुख अतिथि थपलिया र विशिष्ट अतिथि वडाध्यक्ष हिमालकुमार चम्लागाईले संस्थामा उत्कृष्ट हुने कृषकहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । यस संस्थामा १२८ वटा अन्तरसमूहहरु रहेका छन् । अन्तरसमूहबाट उत्कृष्ट हुने ऋणी समूह नं. ७ कुवाडीका पदमकुमारी खड्का , समूह नं. २२ लाङगाली टोलका हुमा कल्पना नेपाल, समूह नं ५ हस्पिटल टोलका संगितादेवी कर्ण , समूह नं. ६ बाट कल्पनाकुमारी खड्का , दिलकुमारी बस्नेत , पार्वतीदेवी थापा , तुलसादेवी कार्की , नारदादेवी बस्नेत, मिनादेवी खड्का , समूह नं. १ बालबचतमा कामना निरौला र कृतिका निरौला , समूह नं. ३ रसुनगंजका सुशिला यादव , समूह नं. ६ सडकवाडीका टंकमाया कार्की रहेका छन् ।

संचालक समितिकी सदस्य पवित्रा राउतले स्वागत मन्तव्य गरेको कार्यक्रममा प्रमुख अतिथि कावा अध्यक्ष थपलिया, वडाध्यक्ष चम्लागाई , युद्धमाया खड्का , केशव कटुवाल, कल्पना खड्रकालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा राजकुमार कोच , बोधप्रसाद प्रोखेल , कृष्ण केवरत , सुन्दरलाल गणेश , मनोजकुमार गणेशलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन संस्थाका प्रबन्धक रुपक राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्