झापा, पुष २६ । नेपाल मधेसी समाज सेवा समिति बिर्तामोडले कपडा बैंक संचालन गरेको छ ।

विपन्न र असहाय व्यक्तिलाई जाडोमा लुगाको अभाव हुन नदिन यस वर्ष पनि मधेसी समाज सेवा समितिले बिर्तामोड– ३ बिर्ताबजारमा कपडा बैंक संचालन गरेको हो । जसको हिजो बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरे ।

समितिका अध्यक्ष रामेश्वर मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , पूर्व वडाध्यक्ष तथा नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौलालगायतको आतिथ्य रहेको थियो । प्रकाश महतो र मोहन झा कार्यक्रम संयोजक रहेको उद्घाटन कार्यक्रममा समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । जाडोबाट प्रभावित विपन्न समुदायलाई लक्षित गरी मधेसी समाज सेवा समितिले गत वर्षदेखि कपडा बैंक संचालन गर्दै आएको अध्यक्ष मण्डलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्