झापा,पुष २७ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन् ।

कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई सर्वसम्मत पार्टी अध्यक्ष निर्वाचित गरेको हो ।

अध्यक्षमा चौधरी एक्लैको उम्मेदवारी परेको थियो । महाधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको नागरिक उन्मुक्ति पार्टीका नेता गणेश चौधरीले जानकारी दिए ।

०७२ मा टीकापुर घटनामा दोषी ठहर भएपछि जेल गएकाले गतवर्ष आमनिर्वाचनअघि जेलबाटै आफू संरक्षक रहेर पार्टी स्थापना गरेका थिए । अहिले जेलबाट छुटेपछि महाधिवेशनबाट जनमत लिएरै उनी अध्यक्ष चुनिएका छन् ।

यसअघि उनले आफ्नै श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर पार्टी स्थापना गरेका थिए । श्रीमती चौधरी अहिले संघीय सरकारको मन्त्री समेत छिन् ।

पूर्वसांसद रेशम गत जेठमा रिहा भएपछि पार्टी संगठनमा सक्रिय भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्