बिर्तामोड, पुष २८ । बिर्तामोड अपाङ्गता स्वावलम्बन समाजद्वारा आयोजित बिर्तामोड महोत्सबमा आज चर्चित र्यापर आशिष राना ‘लाहुरे’ ले प्रस्तुती दिने भएका छन् ।

चर्चित र्यापर लाहुरेको प्रस्तुतीमा रमाउन युवा पुस्ताको उपस्थिति खचाखच हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । आज लाहुरेसँगै ब्याड कम्पनी ब्याण्डको पनि प्रस्तुती रहने भएको छ ।

पुष ९ गतेदेखि सुरु भएको महोत्सब माघ ५ गतेसम्म सञ्चालन हुने छ । महोत्सबमा हाउजी, बिङगो, तम्बोलाजस्ता खेलसमेत सञ्चालनमा छन् ।

महोत्सबमा स्थानीय परिकार उपलब्ध गराउनका लागि स्टल ब्यवस्थापन गरिएको छ । बिभिन्न मनोरञ्जनात्मक खेल तमासाहरु महोत्सबका आकर्षण हुन् । महोत्सबमा दिन प्रतिदिन अवलोकनकर्ताको भीड बढिरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्