झापा , पुष २८ । इलाम फाकफोकथुम–५ का विनोद राई ‘द भ्वाइस अफ नेपाल’को पाँचौ सिजनका विजेता बनेका छन् ।

गएराति ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा विजेता बन्दै उनले नगद २० लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।

उनले टिम मिलनबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट मक्कर योन्जन फस्ट रनरअप घोषित भए । टिम उदयबाट कुमार प्रयास राई सेकेण्ड रनरअप घोषित भए । टिम प्रमोदबाट नोगेन हाङसरुम्बा लिम्बू थर्ड रनरअप बने । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललगायतका अतिथिले विजेतालाई पुरस्कार प्रदान गरे ।

तीन हजार दर्शक अटाउने गोदावरीको खचाखच सनराइज हलमा तीन घण्टा लामो ग्राण्ड फिनाले चलेको थियो । फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिए ।
ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारण हिमालय टिभी एचडी र भ्वाइस अफ नेपालको युट्युव च्यानलबाट गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्