भद्रपुर,पुष २८ । स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ८ को दशौं साधारणसभाले पुनः गोपालबहादुर थापाको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।


४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा सुरेन्द्र खत्री, सचिव गुणबहादुर अधिकारी, सहसचिव भिष्म भट्टराई र कोषाध्यक्षमा त्रिलोक भण्डारी सर्वसम्मत चयन भएका हुन् ।
समितिको सदस्यहरूमा रूद्रप्रसाद दाहाल, पदममाया खड्का, सिता कार्की, निर्मला खत्री, मुरारी पोखरेल र दधिराम मैनाली रहेका छन् भने हरिप्रसाद गौतमको संयोजकत्वमा तेजबहादुर श्रेष्ठ र छविलाल सुवेदी सदस्य रहेको लेखा समितिसमेत गठन गरिएको छ ।


गोपालबहादुर थापाको अध्यक्षता तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजको प्रमुख आतिथ्यमा सम्पन्न सभामा उत्कृष्ट बचतकर्ता सम्मानबाट दुर्गादेवी दाहाल, दिलकुमार राई र प्रदीप राजवंशी सम्मानित भए भने उत्कृष्ट ऋण कारोवार सम्मानबाट विष्णुमाया कार्की र कल्पना राईलाई सम्मान गरिएको थियो ।

सुरेन्द्र खत्रीले स्वागत गरेको कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, अग्रज पत्रकार गोपाल गिरी र प्रकाश एकता कृषि सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठले शुभकामना मन्तव्य राख्दै सहकारी सञ्चालनमा चुनौति थपिएकाले सजग भएर अगाडि बढ्नु पर्ने धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन रूद्रप्रसाद दाहालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्