झापा, पुष २८ । भद्रपुर १० स्थित सत्यलक्ष्मी कृषि सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभा चन्द्रगढीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष खिलानाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
१११ जना शेयर सदस्य रहेको सहकारीको ६ लाख ५२ हजार रुपैयाँ शेयर पूँजी रहेको विवरणसहित अध्यक्ष पाण्डेले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।

उपाध्यक्ष दीपबहादुर राउतले स्वागत मन्तव्य राखेको कार्यक्रममा उत्कृष्ट तीन जना शेयर सदस्यलाई सम्मान गरिएको थियो । युवराज न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा वैदिक बचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश निरौला, हनुमान टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्