झापा, माघ १ । कन्काई माईमा बेसहारा भएका एक असहाय व्यक्तिलाई लायन्स क्लब अफ बिर्तामोड लेडीले न्यानो लुगा र खानेकुरा दिएको छ ।

छोराछोरीले माईमा पुर्याएर अलपत्र छोडेका व्यक्तिलाई ब्लांकेट,टोपी र खानेकुरा प्रदान गरिएको लायन्स क्लबका डिष्ट्रिक चिफ डिष्ट्रिक चिफ निरज ओलीले बताए । उनको कोही पनि नरहेको ओलीले जानकारी दिए । लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीलगायतले सो सहयोग प्रदान गरेका थिए ।

लायन्स क्लब अफ बिर्तामोड लेडीले विभिन्न मानवीय सहयोग गर्दै आएको छ । पाँच दिनअघि सो संस्थाले कन्काई ४ स्थित पुकार अपांग अशक्त समाजमा आश्रितहरुलाई सहयोग गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्