झापा, माघ १ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले आजदेखि अनिवार्य अवकाश पाएका छन् ।

धरान १२ चतरालाइन निवासी रिजालले २०५१ साल भदौ १६ गते प्रहरी सहायक निरीक्षकको रुपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी सितोरियो करातेका अन्तर्राष्ट्रिय खेलाडी हुन् । धरान बास्केटबल संघका संस्थापक सदस्य रहेका रिजाल हाल सुनसरी बास्केटबल संघका सल्लाहकार रहेका छन् ।

सूचना अधिकारी (प्रवक्ता) को रुपमा काम गर्दा झापाका संचारकर्मीहरुले आ–आफ्नो ठाउँबाट गरेको सहयोग अतुलनीय र अविष्मरणीय रहेको बताउँदै उनले धन्यवाद दिएका छन् । सेवा निवृत्तपछि पत्रकारिता गर्ने आफ्नो चाहना रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्