झापा , माघ १ । लगातार जनधनको क्षति गर्दै आएको जंगली हात्तीले गएराति कचनकवल ३ दल्कीमा दुईवटा घर भत्काएर क्षति गरेको छ ।

राति ११ बजेको समयमा दुर्गाभिट्टा सामुदायिक वनबाट आएको जंगली हात्तीको समूहले स्थानीय धुला राजवंशीको टिनको छानो भएको भुँइतले घर भत्काएको छ । जसबाट अन्दाजी १ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै रणबहादुर लिम्बुूको टिनको छानो भएको भुँइतले घरको पूर्वपट्टिको भित्ता भत्काई घरभित्रको अन्दाजी ३० मन धान खाँदा करिव १ लाख बराबरको क्षति भएको छ । सोही हात्ती समूहले डम्बर खड्काको खेतको खमारमा राखिएको धान अन्दाजी २० मन खाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्