झापा, माघ २ । झापाको कन्काई नगरपालिका ३ मा तीन तला माथिबाट खसेर एक बालक गंभीर घाइते भएका छन् ।

आज दिउँसो ३ बजेको समयमा मोरङ बुढीगंगा गाउँपालिका ३ बस्ने आकाश अधिकारीका छोरा ४ वर्षीय सुवास अधिकारी आफन्त कनकाई ३ बस्ने लक्ष्मी बरालको घरमा आएकोमा घरको ३ तला माथिको रेलिङबाट लडेर घाइते भएका हुन् । घाईतेको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्