हल्दिवारी , माघ २ । झापा हल्विारीका ४० जना विपन्नलाई कम्बल वितरण गरिएको छ ।

हल्दिवारी –४ स्थित सनातन धर्म सेवा समिति किरातेश्वर शिव मन्दिर एवं किरातेश्वर गुरुकुलममा शुरु भएको गरुड पुराणको अवसरमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।

लायन्स क्लब अफ बिर्तामोड लेडी र हल्दिवारी ४ का पूर्व वडा अध्यक्ष होमप्रसाद चुडालद्वारा सौजन्य गरिएको कम्बल कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन ,उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओली , लायन्स क्लबका डिष्ट्रिक चिफ निरज ओली, नेपाली कांग्रेस हल्दिवारीका सभापति गंगा प्रसाईलगायतले वितरण गरेका थिए । जाडो बढेसंगै विपन्न परिवारलाई लक्षित गरि लायन्स क्लब अफ बिर्तामोड लेडीसंगको समन्वयमा कम्बल वितरण गरिएको पूर्व वडाध्यक्ष चुडालले बताए ।


पुराण आयोजक समितिका अध्यक्ष बलराम गिरीको अध्यक्षता एवं हल्दीवारी गाउँपालिका अध्यक्ष लिङ्देनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २६ औं बार्षिक उत्सव एवं १७ औं गरुड पुराण मंगलवारबाट शुरु भएको छ ।
उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि लिङ्देन ,गाउँपालिका उपाध्यक्ष मैनाली , कांग्रेस गाउँ सभापति प्रसाईं , समाजसेवी नितेश शाहलगायतले शुभकामना मन्तव्य राखेका थिए ।स्वागत मन्तव्य पण्डित सोमनाथ सुवेदीले गरेको कार्यक्रमको संचालन देविका अधिकारीले गरेकी थिइन् ।

गुरुकुल संचालन गर्नका लागि पुराणको आयोजना गरिएको जनाइएको छ । पुराणमा कथावाचक भारत दार्जिलिङका ख्यातिप्राप्त पण्डित दीपकिशोर भट्टराई साथै सहवाचकमा हल्दिवारी ४ का युवा पण्डित सुजन सुवेदी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्